“हो, म चार्ल्स शोभराजकी गर्लफ्रेन्ड हुँ”

सारा नेपाली दर्शक तीनछक्क पर्ने गरी अहिले केही बेरअघि कान्तिपुर टेलिभिजनको प्राइम टाइम समाचारमा लाइभ आएर यी भर्खरकी युवतीले भनिन्, ‘हो, म चार्ल्स शोभराजकी गर्लफ्रेन्ड हुँ।’ मोडलको जस्तो पहिरन र भावभंगिमाका साथ उनले सिरियल किलरका रुपमा कुख्यात चार्ल्स शोभराजसित आफ्नो पहिलो भेट मै प्रेम बसेको कुरा सुनाइरहँदा टेलिभिजनका ग्ल्यामरस देखिने न्युज एङ्करहरु समेत फिका देखिन्थे।
विगत केही वर्षदेखि नेपालको जेलमा बन्दी जीवन बिताइरहेका ६४ वर्षका शोभराज र २० वर्षीया नेपाली केटी निहिता विश्वाससितको प्रेम प्रसंगको खबर आज बिहान ट्याब्ल्वाइड नयाँ पत्रिकाले प्रथम पृष्ठमा छापेको समाचार पछि चर्चाको शिखरमा पुगेको भए पनि त्यो अघि नै भारतीय सञ्चारमाध्यमसित शोभराजले प्रेम प्रसंग स्वीकार गरिसकेका थिए। विश्वका विभिन्न सञ्चारमाध्यममा यो समाचार छाइसकेको थियो। त्यसमाथि आज प्राइम टाइमको न्युज बुलेटिनमा लाइभ इन्टरभ्यु दिँदै हाकाहाकी आफूलाई शोभराजकी प्रेमिका भनेर स्वीकार गरेपछि दिक्कलाग्दो राजनीतिका बासी खबरले मुर्झाएको काठमाडौँलाई हप्तौँसम्म गफिनका लागि एउटा नयाँ विषय दिएको छ। (more…)
विछ्यौनामा पल्टिइरहेको बेला चमेलीको आगमन हुन्छ। मैले विरामीको अभिनय गर्नु परेको थियो। उनले मेरी श्रीमती भएर मलाई माया गरेको देखाउनु थियो। विछ्यौनाको एक छेउमा वसिन् र मेरो निधारमा छाम्दै “कस्तो छ हजुरलाई ?” भनिन्। मैले केही नभनिकन उनको मुखमण्डलमा दृष्टि लगाइरहेँ। उनले अझ आत्तिँदै, हतारिँदै उही संवाद दोहर्याइन् “कस्तो छ हजुरलाई –”। ठीक छ, ठीक छ। मैले यति त भनेँ तर मनको गहिरो भावनामा वग्न पुगेछु म त। झण्डै “एक्सन” भनेको धेरै बेरसम्म पनि संवाद बोल्न बिर्सिरहेको। उनको मायालु स्पर्सले त मलाई अतीतको अर्कै संसारमा पुर्याइदिइसकेको पत्तै भएन छ।
यत्रो दिनसम्म किन राष्ट्रपति चुनिएन भन्नुभएको ? कूतर्क गर्ने हो भने मजाले भन्न सकिन्छ- राष्ट्रपति चुनेर के गर्नु, राष्ट्रपति बस्ने भवन चाहिँ हुनु परेन ? खोई अहिलेसम्म राष्ट्रपति भवन कुन बनाउने भन्ने निर्णय नै भएको छैन !